भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस