मेडिसिटीमा कोरोना संक्रमित वृद्धको मृत्यु « प्रशासन
prasaLogo
२६ श्रावण २०७७, सोमबार

मेडिसिटीमा कोरोना संक्रमित वृद्धको मृत्यु


प्रकाशित मिति : 10 August, 2020 2:05 pm

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो।

मृतक पुरूषमा निमोनिया र मधुमेहको समस्या पनि रहेको गेलालले जनाए। अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस