बाजुरामा बाढी पहिरोको वितण्डा, बूढीगंगा बस्तीमा पस्दा एक जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरामा बाढी पहिरोको वितण्डा, बूढीगंगा बस्तीमा पस्दा एक जना बेपत्ता


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


धनगढी । आइतबार परेको अबिरल वषाका कारण बुढिगंगामा आएको बाढी बस्तीमा पसेर वितण्डा मच्चाएको छ ।

बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ ।

बाढीमा परी बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्बर महत्तकी आमा ६५ वर्षीया अइसेनी महत्त बेपत्ता भएको हो

बूढीगंगा नदीमा पानिको बहाव बढेपछि नदी बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीमा पसेको हो।

नदी बस्तीमा पसेर घर बगाएको बडिमालिकाका नगरप्रमुख पदमबहादुर बडुवालले बताए । नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ ।

अन्य ठाउँका झोलुंगे पुलसमेत बगेको स्थानीयले बताएका छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस