घुस असुलेर काठमाडौँ आउँदै गरेका खानेपानीका हाकिम खानीखोलाबाट अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस असुलेर काठमाडौँ आउँदै गरेका खानेपानीका हाकिम खानीखोलाबाट अख्तियारको नियन्त्रणमा


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


अख्तियार

काठमाडौँ । नेपाल खानेपानी संस्थानको कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सन्तोष साहलाई स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ र ८ लाख २२ हजार बराबरको बैङ्क भौचरसहित धादिङबाट पक्राउ गरेको हो ।

आयोगका अनुसार इन्जिनियर साहले खानेपानी कार्यालयका विभिन्न व्यक्तिहरूबाट घुस असुल गरी काठामाडौं आउँदै गरेको अवस्थामा धादिङ धुनिवेसी नगरपालिका –८ खानीखोलाबाट पक्राउ गरिएको हो ।

खानेपानी संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाडौँ आउँदै गर्दा खानी खोलामा गाडी चेक गर्ने क्रममा उनी सँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैङ्कमा जम्मा गरेको बैङ्क भौचर आठ लाख बाइस हजार बराबरको रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस