बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैन : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, यो बहसको विषय बन्न सक्दैन : परराष्ट्र मन्त्रालय


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो।

‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ।

‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो। यो विषय सन्देह र विवादभन्दा पर छ। त्यसैले यसमा बहस हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रले भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस