बुद्धबारे गलत बोल्ने एस. जयशंकरको अभिव्यक्तिबारे भारतसँग कुरा गरौं : नेता नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुद्धबारे गलत बोल्ने एस. जयशंकरको अभिव्यक्तिबारे भारतसँग कुरा गरौं : नेता नेपाल


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरको विवदास्पद अभिव्यक्तिको विरोध गरेका छन् ।

विदेशमन्त्री जयशंकरले गौतमबुद्ध भारतीय भएको बताएपछि उनको चौतर्फी आलोचना भएको छ । वरिष्ठ नेता नेपालले आइतबार सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा–नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु’, उनले भनेका छन् ।

नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल भ्रमणका क्रममा हाम्रो संसद्मै ‘ बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको बताएका छन् । उनले मन्त्री जयशंखरको विवादस्पद अभिव्यक्तिबारे भारतसँग कुरा गर्न सरकारसँग माग गरेका छन् ।

‘भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु’, उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस