विष्णु पौडेलका अंगरक्षकमा कोरोना संक्रमण, पौडेलले गरे सबैखाले भेटघाट बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विष्णु पौडेलका अंगरक्षकमा कोरोना संक्रमण, पौडेलले गरे सबैखाले भेटघाट बन्द


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अंगरक्षकमा कोरोना देखिएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा (आइसोलेसन) मा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस