भदौ १ देखि हवाई सेवा सुरु हुने, एयरलाइन्स र गन्तव्यबारे अझै अन्योल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भदौ १ देखि हवाई सेवा सुरु हुने, एयरलाइन्स र गन्तव्यबारे अझै अन्योल


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । सरकारले अन्तरिक तथा बाह्य हवाई उडान भदौ १  बाट सुरु गर्ने निर्णय गरेको भएपनि कुन-कुन मुलकबाट आउन दिने एयरलाइन्स र गन्तव्यबारे निर्णय अझै भएको छैन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन ।

नेपालमा उडान गर्न १३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले अनुमति मागेका छन् । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स र उडान गन्तव्यबारे निर्णय गरिसकेको छैन । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले उडान अनुमतिका लागि १३ एयरलाइन्सले निवेदन दिएको र गन्तव्यबारे निर्णय गर्न लागेको बताए । कुन-कुन एयरलाइन्स र कुन-कुन गन्तव्यबाट नेपाल आउन र नेपाली विमान कम्पनीलाई पनि कुन-कुन गन्तव्यमा उडान अनुमति दिने भन्‍ने विषयमा सरकारले निर्णय गर्नेछ । ‘यसको निर्णय छिट्टै हुन्छ,’ उनले भने

अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडानका लागि स्वदेशी नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले अनुमती मागेका छन् भने नेपालमा उडान भर्न कतार एयरवेज, कोरियन एयर, इत्तिहाद, एयर अरेबिया, टर्किस् एयरवेजलगायत विमान कम्पनीले आवेदन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस