ढोरपाटन नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढोरपाटन नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानी दिएबापत १ लाख रुपैयाँ घुस लिएको दाबीसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन गरिदिएबापत एक लाख घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस