सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैँयाले घटेको छ । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम छ ।

महासंघका अनुसार आज तेजाबी सुनमा पनि प्रतितोला ९ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको मूल्य भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ कायम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस