भारतले नेपाललाई दियो २ करोड ८० लाख बराबरको १० थान भेन्टिलेटर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतले नेपाललाई दियो २ करोड ८० लाख बराबरको १० थान भेन्टिलेटर


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । भारतले नेपाललाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० थान भेन्टिलेटर प्रदान गरेको छ । आइतबार भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उक्त भेन्टिलेटरहरु हस्तान्तरण गरेका हुन् ।

भारतले कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी ‘कोभिड १९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुयाउन उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

भारतको उक्त सहयोग प्रति प्रधानसेनापति थापाले आभार तथा धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस