बाजुरामा पहिरामा परी एक बालकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाजुरामा पहिरामा परी एक बालकको मृत्यु


२५ श्रावण २०७७, आइतबार


बाजुरा । बाजुराको गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरामा परी एक जनाको मृत्यु भएको छ ।

घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए ।

शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए ।

पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् । अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सर्याँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस