काठमाडौँमा कोरोना बारे निर्णय गर्न संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा कोरोना बारे निर्णय गर्न संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौँ । काठमाडौंमा कोरोना संक्रमणविरुद्ध थप निर्णय गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । बैठक अहिले १० बजे बस्ने भएको छ ।

बैठकले कोभिड–१९ सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय गर्ने छ ।

कोठमाडौँका प्रमुख जिल्ला अधिकारीका अुनसार उक्त बैठकपछि गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस