नेपालगन्ज सिल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगन्ज सिल


२४ श्रावण २०७७, शनिबार


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र सिल गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शनिबार राति १२ बजेदेखि साउन २७ गते मंगलबार राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका सिल गरिएको हो ।

समुदायस्तरमा कोरोना संक्रमण बढदै गएकाले स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। नेपालगन्जको गणेशमानचोक, चारबाहिनी क्षेत्र, बाँकेगाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शवबाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिडडुलमा रोक लगाइएको छ ।

१८ साउनदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी छ। शनिबार मात्र नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस