रामको जन्मभूमि माडी नै हो, भव्य मन्दिर बनाउनुस् –प्रधानमन्त्री ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रामको जन्मभूमि माडी नै हो, भव्य मन्दिर बनाउनुस् –प्रधानमन्त्री ओली


२४ श्रावण २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी(चितवन) का जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरू शनिवार साँझ बालुवाटार पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए । ‘रामको जन्मभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भव्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रूपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुस् ।’

प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दसैँमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको सहभागी एक प्रतिनिधिले बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिवर्तन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस