२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको तिब्बत सरकारद्धारा स्वास्थ्य सामग्री सहयोग

अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले रु १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

रसुवा जिल्लाको रसुवागढीमा आज अयोजित कार्यक्रममा वाग्मती प्रदेशका उपसचिव डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तिब्बतको तर्फबाट डेपुटी डिभिजन चिफ अफ द इन्टरनेशनल को–अपरेशन एण्ड एक्सचेन्ज अफ एफएओ लि हुवान र सोही विभागका पेमा युजेनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ती सामग्रीमा भेन्टिलेटर १६, कन्सेन्ट्रेटर १५, सिरिन्ज पम्प १० , इन्फ्युजन पम्प १० , इलेक्ट्रो कार्डियोग्राफ तीन , मोनिटर प्यासेन्ट ६० , कलर डप्लर अलट्रासाउण्ड डायग्नोष्टिक सिस्टम १० , एनेस्थेटिक लारिङगोस्कोप १० , अक्सिजन रिजर्बभोयर ब्याग ५०, ब्लड ग्यास एनलाइजर १० , डेफिग्रिलेटर मोबाइल १०, अक्सिमिटर, पल्स २० , आइसीयू बेड ५० , पिपिइ एक हजार , एन–९५ मास्क दुई हजार, डिस्पोजेबल नाइट ट्रायल इक्जाम ग्लोब्स दुई हजार , डिस्पोजेबल गोफेन्ट क्याप दुई हजार , मेडिकल आइसोलेन बुट, सुकभर दुई हजार थान रहेका छन् ।

प्राप्त स्वास्थ्य सामग्रीहरु प्रदेशका अस्पतालमा आवश्यकताअनुसार पठाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तिब्बत भ्रमणका क्रममा वाग्मती प्रदेश सरकार र तिब्बत सरकार बीच भगिनी सम्बन्ध स्थापित गर्ने तथा सहयोगको आदानप्रदान गर्ने सम्बन्धमा छलफल भएका थिए ।