पेप्सीकोलामा फालिएको अवस्थामा शिशु फेला, ‘आमाको पत्ता लाग्यो बाबुको खोजी जारी’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेप्सीकोलामा फालिएको अवस्थामा शिशु फेला, ‘आमाको पत्ता लाग्यो बाबुको खोजी जारी’


प्रशासन संवाददाता

२४ श्रावण २०७७, शनिबार


काठमाडौं । काठमाडौंको पेप्सीकोलामा शनिबार फालिएको अवस्थामा सालनालसहितको शिशु फेला परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२, पेप्सीकोलास्थित मकैबारीमा फालिएको अवस्थामा भर्खर जन्मिएको शिशु फेला परेको हो
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार शनिबार बिहान ७ बजेतिर मदरल्यान्ड अस्पताल नजिकै पछाडि बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो।

खोजी गर्दैै जाँदा शिशुको आमा १७ वर्षीया किशोरी पनि प्रहरीले पत्ता लगाएको डीएसपी केसीले जानकारी दिए।

‘१७ वर्षकी किशोरी भएकाले नाम ठेगाना नखुइएको डीएसपी केसीले भने, ‘हामी शिशुको बाउको खोजी गरिरहेका छौं।’

प्रहरीका अनुसार शिशु र आमा दुवैलाई अहिले ललितपुरस्थित साथी संस्थाको संरक्षणमा राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस