२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा कोभिड-१९ अनुवांशिक अध्ययन शुरु

अ+ अ-

काठमाडौं । नेपालमा रहेको कोभिड–१९ को अनुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो । अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ । सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन् ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताए । उनका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो ।

अध्ययनका लागि परिषद्ले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ । ‘हामीले काठमाडौँ विश्वविद्यालयसँग जिन सिक्वेन्सिङ गर्न भनेर सम्झौता गरेका थियौँ’, डा. धिमालले भने, ‘तर विश्वविद्यालयसँग आवश्यक किट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौँ ।’

उनले करीब ६० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्ने योजना रहेको भन्दै आगामी नयाँ नमूनाको भने विश्वविद्यालयमा नै जिन सिक्वेन्सिङ गर्ने बताए । सङ्क्रमित व्यक्तिको स्वाब र रगतबाट जिन सिक्वेन्सिङ गरिने छ । उनका अनुसार अबको दुई हप्ताभित्र नतिजा आउनेछ । अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्छ । ‘जिनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ’, उनले भने, ‘भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’

वरिष्ठ अनुसन्धान अधिकृत धिमालका अनुसार फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिनको अध्ययन गरिनेछ । ‘हामीले फरक फरक देशबाट आएका सङ्क्रमित व्यक्तिको जिन अध्ययन गर्नेछौँ’, उनले भने, ‘जिन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जिन छ भन्ने पत्ता लगाउँछ ।’

अध्ययनबाट कोभिड-१९ को सङ्क्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्नेछ । नेपालमा पहिले देखिएका सङ्क्रमित रहेकामध्ये ९८ प्रतिशत कोभिड–१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभए पनि आजभोलि देखिने सङ्क्रमितमा ३३ प्रतिशतमा लक्षण देखापर्न थालेका छन् ।

जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ । परिषद्ले जिनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा प्राप्त विदेशका प्रयोगशालामा १० प्रतिशत नमूना परीक्षणका लागि पठाउनेछ ।