रेडस्टारका ८ मुक्तक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेडस्टारका ८ मुक्तक


२४ श्रावण २०७७, शनिबार


१.
आजकाल खै कसको जीवनमा आकी छौ ?
थाहा छैन खै कसको जीवनसाथी भाकी छौ ?
तिमी विनाको जीवन पनि राम्रै चलिराछ यहाँ,
किनकि तिमिले पनि मलाइ गुमाकी छौ
२.
रगिंन जीवनमा पनि खै किन जालो लाउँछ ?
उसले हाँस्दै भनी गोरो गए कालो आउँछ।
एकपल्ट राम्ररी सोचे अनि भनिदिए मैले पनि
यो पृथ्वी गोलो छ यहाँ पालो सबैको आउँछ।

३ .
सबैलाई घर होइन यहाँ दरबार चाहियो।
उनीहरूलाई नि आजकाल कार चाहियो।
यत्रो वर्ष लडियो समस्या जिउका तिउँ,
सोचौँ अब फेरी किन तरबार चाहियो ?

४.
निराशाका बिच पनि जिन्दगीमा झिनो आस छ।
समस्या मात्रै देख्नेहरू भन्छन् जिन्दगी बकवास छ।
अधिकारसँगै जिम्मेवारी थिचिएको जिन्दगी यो,
अलिकति खुसी अलिकति पीडा र त जिन्दगी खास छ।

५.
यो मन, मुटु पनि साट्नु छ तिमीसँग ।
मनभित्रका रङ्गिन सपना बाढ्नुछ तिमीसँग।
समस्यै समस्याले थिचिएको जिन्दगीमा,
बाकि पुरा जीवन काट्नु छ तिमीसँग।
६.
बाहिर देखिन्छ एउटा सत्य अर्कै भित्र छ ।
पराइ ठानेको नी कोही साँच्चै मित्र छ ।
बाँच्नु र मर्नुमा केही ग्राम सास त फरक हो,
बुझ्दैन कोही साँच्चै संसार विचित्र छ।

७.
सहकार्य गरोस् तर आफ्नै यात्रामा हिनोस,।
मेरो सापटी लिएर रगिंन सपनाहरू किनोस्।
तिमिले मलाई नचिनेनी गुनासो छैन केही,
मलाइ एक ले चिनोस् तर राम्रोसँग चिनोस्।

८.
अ भन साँच्ची तिमी किन आकि हौ
के मलाइ फेरी चोट दिन आकि हौ
मेरो मुटु त तिमी सँगै थियो त,
भनन अब त के लिन आकि हौ ?

Tags :
प्रतिक्रिया दिनुहोस