२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडस्टारका ८ मुक्तक

अ+ अ-

१.
आजकाल खै कसको जीवनमा आकी छौ ?
थाहा छैन खै कसको जीवनसाथी भाकी छौ ?
तिमी विनाको जीवन पनि राम्रै चलिराछ यहाँ,
किनकि तिमिले पनि मलाइ गुमाकी छौ
२.
रगिंन जीवनमा पनि खै किन जालो लाउँछ ?
उसले हाँस्दै भनी गोरो गए कालो आउँछ।
एकपल्ट राम्ररी सोचे अनि भनिदिए मैले पनि
यो पृथ्वी गोलो छ यहाँ पालो सबैको आउँछ।

३ .
सबैलाई घर होइन यहाँ दरबार चाहियो।
उनीहरूलाई नि आजकाल कार चाहियो।
यत्रो वर्ष लडियो समस्या जिउका तिउँ,
सोचौँ अब फेरी किन तरबार चाहियो ?

४.
निराशाका बिच पनि जिन्दगीमा झिनो आस छ।
समस्या मात्रै देख्नेहरू भन्छन् जिन्दगी बकवास छ।
अधिकारसँगै जिम्मेवारी थिचिएको जिन्दगी यो,
अलिकति खुसी अलिकति पीडा र त जिन्दगी खास छ।

५.
यो मन, मुटु पनि साट्नु छ तिमीसँग ।
मनभित्रका रङ्गिन सपना बाढ्नुछ तिमीसँग।
समस्यै समस्याले थिचिएको जिन्दगीमा,
बाकि पुरा जीवन काट्नु छ तिमीसँग।
६.
बाहिर देखिन्छ एउटा सत्य अर्कै भित्र छ ।
पराइ ठानेको नी कोही साँच्चै मित्र छ ।
बाँच्नु र मर्नुमा केही ग्राम सास त फरक हो,
बुझ्दैन कोही साँच्चै संसार विचित्र छ।

७.
सहकार्य गरोस् तर आफ्नै यात्रामा हिनोस,।
मेरो सापटी लिएर रगिंन सपनाहरू किनोस्।
तिमिले मलाई नचिनेनी गुनासो छैन केही,
मलाइ एक ले चिनोस् तर राम्रोसँग चिनोस्।

८.
अ भन साँच्ची तिमी किन आकि हौ
के मलाइ फेरी चोट दिन आकि हौ
मेरो मुटु त तिमी सँगै थियो त,
भनन अब त के लिन आकि हौ ?