देशले खोजेको बेला ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशले खोजेको बेला !


२४ श्रावण २०७७, शनिबार


जनताको ढुकढुकीमा बस्न पाउनु
देश सेवामा रम्न पाउनुमा
लाग्छ,
हिमाल पहाड र तराईको माटो एउटै
जहाँ जन्मे जहाँ हुर्के पनि सुगन्ध नेपाल आमाको

केन्द्रदेखि दूर दराजसम्म आफ्नै ढङ्गको
सेवा भावमा रमेको प्रशासन
घामपानी हावाहुरीको मतलब छैन
निरन्तर खट्ने उसको बानी

कसले भन्छ सेवा भावना छैन उसको
सामाजिक प्राणीको विशेषता बोकेको छ,
लोभ लालच छलकपट त अवगुण हुन
भन्छ म हुँ राष्ट्रसेवक
भन्छ सार्वजनिक पदधारी

देश प्यारो लाग्छ
आफू जन्मेको आँगन प्यारो लाग्छ
र त देश सेवामा रमेको छ,
नातावाद कृपावादको दलदलमा फसेको
यो समाज
बदल्नु छ व्याप्त कुरीति र अन्धविश्वास
भूमिका द्रोह खोजेको बेला
निदाउन किञ्चित सक्दिन
विकृति हटाउनु छ भ्रष्ट्राचार निर्मूल पार्नु छ,

अस्थिरताको भुमरीबाट पार पाउनको लागि
एउटा कसम खाने बेला आएको छ,
देशले खोजेको क्रान्ति सफल पार्न
जुरमुराएर उठ्ने बेला आएको छ,
गाँस बास कपासको समस्यासँग
जुधेका जनताको घाउमा
मल्हम लगाउनु छ,
विगतको कलङ्क मेटाउने हाम्रो अभिभारा
काँधमा बोकी
जनमुखी हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस