तीज पनि रतेउली झैँ   « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीज पनि रतेउली झैँ  


२४ श्रावण २०७७, शनिबार


भाइटिका नि माल्दिदीलाई दुईफेर आउँछ अरे
ऋषितर्पणीमा ठाइँलो देउसी-भैलो गाउँछ अरे ।

तीज हुन्थ्यो क्या चिज हुन्थ्यो, मर्म अति छुन्थ्यो
आजकल त तिज पनि रतेउलीझैँ लाउँछ अरे ।

तँ छाड-मछाड गरी गरी, द्वेष मनमा भरी भरी
भएका चिज भत्काउँदा चर्चा उसले पाउँछ अरे ।

कस्तो बेहुलो उरन्ठेउलो, न नौलो न पौलो
देखाउने नदेखाउने सबै थोक देखाउँछ अरे ।

औँठी हुन्थ्यो चौँठी हुन्थ्यो, वाग्दान हुन्थ्यो
तिर्खा हैन खोली अचेल तिर्खा खोज्दै धाउँछ अरे ।

‘होली वाइन’ नै पिउँछु भन्छ, आफ्नै तालले जिउँछु भन्छ
पल्ला’रेकै सिको गर्ने वल्ला’रेलाई ठाउँ छ अरे ।

Tags :
प्रतिक्रिया दिनुहोस