अवैतनिक वाणिज्यदूत प्रेमराज महत दम्पतिलाई कोरोना पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अवैतनिक वाणिज्यदूत प्रेमराज महत दम्पतिलाई कोरोना पुष्टि


प्रशासन संवाददाता

२४ श्रावण २०७७, शनिबार


अमेरिका । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत प्रेमराजा महत दम्पतिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वरिष्ठ लोकगायक महतले शुक्रबार दिउँसो सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिए । उनी हाल आफ्नै घरमा होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

महतले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन तथा संक्रमित भएमा सबैलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस