हात्तीको दाह्रासहित ३ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हात्तीको दाह्रासहित ३ जना पक्राउ


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । हात्तीको दाह्रासहित प्रहरीले काठमाडौंको सुकेधारबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर घर भई हाल काठमाडौंको कपनमा बस्ने २८ बर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस