मकवानपुरमा एक प्रहरीसहित थप ६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मकवानपुरमा एक प्रहरीसहित थप ६ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


हेटौंडा । मकवानपुरमा शुक्रबार एक जना प्रहरी कर्मचारीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार १० जनामा संक्रमण पुष्टि भएको थियो ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको परीक्षणमा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा-५ का ५५ वर्षका पुरुष, हेटौंडा-८ का ४० वर्षका पुरुष, हेटौंडा-९ का ५८ वर्षका पुरुष, हेटौंडा-६ का ३२ वर्षीया महिला र ४० वर्षका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको र संक्रमण पुष्टि भएकालाई हेटौंडा आइसोलेसन वार्डमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अघिकारी दिपकराज नेपालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस