कोरोना संक्रमितको संख्या २२ हजार नाघ्‍यो, थप ४ सय ६४ संक्रमित थपिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमितको संख्या २२ हजार नाघ्‍यो, थप ४ सय ६४ संक्रमित थपिए


प्रशासन संवाददाता

२३ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ३ सय ३० रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस