स्थानीय तहलाई संघीय सरकारको पत्र : कानुन पठाइ देऊ ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहलाई संघीय सरकारको पत्र : कानुन पठाइ देऊ !


२३ श्रावण २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकाहरूलाई कानुनहरू पठाउन पत्राचार गरेको छ ।

गाउँपालिका र नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा बनाएको कानुन प्रदेश सरकार तथा नेपाल सरकारमा पठाउनु पर्ने व्यवस्था रहेको भन्दै आफ्नो क्षेत्राधिकारभित्रका विषयमा बनाएका कानुनहरू मन्त्रालयमा पठाउन भनेको हो ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा बनाएको कानुन प्रदेश सरकार तथा नेपाल सरकारमा पठाउनु पर्ने व्यवस्था रहेकोमा कतिपय गाउँपालिका तथा नगरपालिकाले बनाएका कानुनहरू यस मन्त्रालयमा प्राप्त नभएकोले उपलब्ध गराइदिनुहुन अनुरोध छ’, मन्त्रालयद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा यस मन्त्रालयबाट सथनीय तहलाई नीतिगत सहजीकरण अन्तर्गत नमुना कानुनको मस्यौदा उपलब्ध गराइएकोमा के कति कानूनुहरु पारित भएका छन् सोको विवरण सूची तयार गरी इमेलमा पठाई दिनुहुन निर्णयानुशार अनुरोध छ’

Tags :
प्रतिक्रिया दिनुहोस