सरकारद्वारा विभिन्न निकायमा गरी ३४१ जना अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारद्वारा विभिन्न निकायमा गरी ३४१ जना अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत


२२ श्रावण २०७७, बिहिबार


काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा तीन सय ४१ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

साउन १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने अधिकृत स्तरभन्दा माथिका विभिन्न पदमा अस्थायी दरबन्दी सिर्जना गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी गराए ।

उनकाअनुसार अर्थ मन्त्रायको प्रस्तावमा नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्ष २०७७–०७८ मा आवश्यक पर्ने ७ जना राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न भन्दै ४२ जना र सहरी विकास मन्त्रालयमा दुई सय ९२ जना अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस