ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो ।

आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनीसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस