काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस