सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार


२२ श्रावण २०७७, बिहिबार


सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना गरिएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए। अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस