प्रहरी प्रधान कार्यालयमा थप १० जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रहरी प्रधान कार्यालयमा थप १० जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले केही दिन अघि स्वाब लिइएकामध्ये १० जनाको पोजेटिभ रिपोर्ट बिहीबार आइपुगेको बताए।

योसँगै प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ । मुलुकभर नेपाल प्रहरीका ३ सय १९ जना अधिकारी संक्रमित छन् । तीमध्ये १ सय १९ जना निको भएर काममा फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस