संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


संसद् सेवा

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परिक्षणका लागि स्वाब दिएका पाण्डेको रिर्पोट पोजेटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस