प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जनामा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस