२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

अ+ अ-

तनहुँ । दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आएका थिए ।

बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि रु एक लाख ८१ हजार ४०५ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सामाजिक अभियानकर्मी लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगायतका व्यक्तिले मिर्गौलापीडित श्रेष्ठको घर चितवन पुगेर हस्तान्तरण गरेका हुन्।

अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा दिनेश खनाल अध्यक्ष रहेको अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयोग रकम सङ्कलन गरेर पठाएको हो । तनहुँका विभिन्न पत्रिका तथा टिभी र सामाजिक सञ्जालमार्फत मिर्गौलापीडित राजु श्रेष्ठको जीवनरक्षाको खबर पाएसँगै सहयोगका लागि रकम सङ्कलन गरी पठाइएको समाजका महासचिव सूर्य खनालले बताए ।

उपचारका लागि हालसम्म करिब रु २२ लाख सहयोग सङ्कलन भइसकेको पत्रकार श्रेष्ठले जानकारी दिए । अहिले डायलायसिस गर्न थालेको उनले बता । रु एक हजारदेखि माथि प्रायः दैनिकजसो बैंक खातामा सहयोग रकम जम्मा हुँदै आएकाले पतिलाई बचाउन सक्छु भन्ने आत्मबल बढ्दै गएको उनकी पत्नी बिमायाले जानकारी दिइन्।