मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग


२२ श्रावण २०७७, बिहिबार


तनहुँ । दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आएका थिए ।

बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि रु एक लाख ८१ हजार ४०५ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सामाजिक अभियानकर्मी लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगायतका व्यक्तिले मिर्गौलापीडित श्रेष्ठको घर चितवन पुगेर हस्तान्तरण गरेका हुन्।

अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा दिनेश खनाल अध्यक्ष रहेको अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयोग रकम सङ्कलन गरेर पठाएको हो । तनहुँका विभिन्न पत्रिका तथा टिभी र सामाजिक सञ्जालमार्फत मिर्गौलापीडित राजु श्रेष्ठको जीवनरक्षाको खबर पाएसँगै सहयोगका लागि रकम सङ्कलन गरी पठाइएको समाजका महासचिव सूर्य खनालले बताए ।

उपचारका लागि हालसम्म करिब रु २२ लाख सहयोग सङ्कलन भइसकेको पत्रकार श्रेष्ठले जानकारी दिए । अहिले डायलायसिस गर्न थालेको उनले बता । रु एक हजारदेखि माथि प्रायः दैनिकजसो बैंक खातामा सहयोग रकम जम्मा हुँदै आएकाले पतिलाई बचाउन सक्छु भन्ने आत्मबल बढ्दै गएको उनकी पत्नी बिमायाले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस