सुनसरीमा पाँच दिनका लागी निषेधाज्ञा जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनसरीमा पाँच दिनका लागी निषेधाज्ञा जारी


२२ श्रावण २०७७, बिहिबार


इनरुवा । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए ।

निषेधित क्षेत्र घोषणा भएपछि जनता घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत प्रजिअ पोखरेलले बताए । अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस