जिल्ला प्रशासन कार्यालय बैतडीले फरक बार फरक स्थानीय तहलाई सेवा दिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला प्रशासन कार्यालय बैतडीले फरक बार फरक स्थानीय तहलाई सेवा दिने


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई फरक फरक बार सेवा दिने भएको छ । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यसरी सेवा दिने निर्णय गरेको हो ।

जिल्लास्तरीय कोभिड कमान्ड पोष्टको बैठकले जिल्लामा आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय गरेको छ ।

यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभिड –१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस