आजदेखि जोरबिजोर प्रणाली सुरु : आज जोर नम्बर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजदेखि जोरबिजोर प्रणाली सुरु : आज जोर नम्बर


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । आजदेखि सवारी साधन सञ्चालनमा फेरि जोरविजार प्रणाली लागू भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले पुनः जोरविजार प्रणाली लागू गरेको हो ।

गृहमन्त्रालयका अनुसार जोर बिजोर प्रणाली बारको आधारमा लागू गरिएको छ । आज जोर बार भएकाले जोर सवारीसाधन मात्र चल्न पाउने मन्त्रालयले जनाएको छ ।

भाडाका सवारी (कालो नम्बर प्लेट) र निजि सवारी (रातो नम्बर प्लेट) भएका सवै प्रकारका सवारीमा जोर बिजोर लागू भएको छ ।

तर अत्यावश्यक सेवाका सवारी साधानहरुमा भने जोर बिजोर लागु नभएको मन्त्रालयले जनाएको छ । सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर नभएको बताइएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरी महाशाखाकाले जोर–बिजोर प्रणालीको पालना गरिदिन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस