सनराइज बैंककी कर्मचारीद्वारा कार्यालयकै शौचालयमा आत्महत्या « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सनराइज बैंककी कर्मचारीद्वारा कार्यालयकै शौचालयमा आत्महत्या


२१ श्रावण २०७७, बुधबार


विराटनगर । सनराइज बैंकमा कार्यरत एक महिला कर्मचारीले आत्महत्या गरेकी छन् । विराटनगर–७ स्थित सनराइज बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षिया सनाज खतिवडाले बुधवार कार्यालयकै शौचालयमा आत्महत्या गरेकी हुन् ।

विराटनगर ८ की खतिवडाले मुसा मार्ने विषादी र ब्लेडले हात काटेको अवस्थामा बैंकको शौचालयमा भेटिएपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । विष सेवन गरेर बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीले अस्पताल पु¥याएको थियो ।

मृतकको शव पोष्टमाटम गर्न विराटनगरस्थित कोसी अस्पताल पठाएको र रिपोर्टपछि थप खुल्ने डिएसपी राईले बताए । घटना लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले बैंकस्थित सिसिटिभी फुटेज हेर्नेदेखि अन्य सबै अनुसन्धानका प्रक्रियाहरू अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस