प्रदेश नं. १ मा १८ सङ्क्रमित थपिए, ९० वर्षीया वृद्धासहित ५७ जना निको « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश नं. १ मा १८ सङ्क्रमित थपिए, ९० वर्षीया वृद्धासहित ५७ जना निको


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


विराटनगर । प्रदेश नं. १ मा आज १८ जना सङ्क्रमित थपिएका छन् ।

६ सय १६ जनामा गरिएको पीसीआर परीक्षणबाट आज आएको नतिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एकरएक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ ।

प्रदेशमा ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट आज निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए । निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छरछ, धनकुटा, उदयपुर र तेर्‍हथुमका एक/एक जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८८७ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस