सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि


२१ श्रावण २०७७, बुधबार


काठमाडौं । सर्वोच्च अदालतका १ सय ८१ जना कर्मचारीमा गरेको कोरोना भाइरस परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १ सय ८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १ सय ८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस