सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु


२१ श्रावण २०७७, बुधबार


सिन्धुली । यहाँको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते भएका थिए । घाइते प्रेमलाई उद्धार गरी स्थानीय क्लिनिक लामिडाँडामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ । उपचारको लागि क्लिनिकमा लगिएको र आज उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस