बलात्कारको आरोपमा वडा सचिव पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बलात्कारको आरोपमा वडा सचिव पक्राउ


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


पक्राउ

कैलाली । कैलालीमा बलात्कारको आरेपमा एक जना वडा सचिव पक्राउ परेका छन् ।

भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस