मदन पुरस्कारका लागि ७ पुस्तक छनौट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार’ २०७६’का लागि सात पुस्तकहरू छनौट गरेको छ। गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १ सय ५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ पुस्तक छनौट गरेको हो।

प्राप्त पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्ये एउटा पुस्तकलाई २०७६ सालको मदन पुरस्कार दिइनेछ।

गुठीले मदन पुरस्कारका लागि विमल निभाको ,’जोकरको बन्दुकु’, तीर्थ श्रेष्ठको ,’धर्सैधर्साको चक्रव्यूहु’, भुवन ढुङ्गानाको ,’परित्यक्ता’, योगी धर्ममहारसको ,’महारसनिघण्ट’ (खण्ड १ – ३), चन्द्रप्रकाश बानियाँको ,’महारानी’, ललित बिष्टको ,’मोहपथ’ र शारदा शर्माको ,’यात्रामा’ छनौट गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस