सुनको मूल्य एक लाख नाघ्यो « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सुनको मूल्य एक लाख नाघ्यो


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । बुधबार सुनको मूल्य एक लाख नाघेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार १ हजार ६ सय रुपैयाँले बढेको हो ।

मुल्य बढेसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ । बुधबार प्रतितोला १ हजार २ सयय ९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेका कारण नेपालमा पनि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस