काठमाडौँ । धौलागिरि अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको बहिरङ्ग सेवा(ओपिडी) बन्द भएको छ ।
धौलागिरि क्याम्पसको आइसोलेशनमा खटिएकी नर्समा कोरोना देखिएपछि अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि परीक्षण गर्नुपर्ने भएकाले अस्पतालको बहिरङ्ग सेवा बुधवारदेखि बन्द गरिएको हो ।
सङ्क्रमित नर्सको सम्पर्कमा आएका अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको कोभिड १९ परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोख्रेलले एक सूचना जारी गरी जानकारी दिएका छन् ।








