लेबनानको बेरुतमा ठूलो विष्फोट, ७० को मृत्यु, चार हजार घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेबनानको बेरुतमा ठूलो विष्फोट, ७० को मृत्यु, चार हजार घाइते


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । लेबनानको राजधानी बेरुतको एक गोदाम घरमा ठूलो विष्फोट हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएका छन् । विष्फोटक पदार्थ राखिएको गोदाममा विष्फोट भएको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

घटनालाई भयाबह भन्दै लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले दोषीले उन्मुक्ति नपाउने बताएका छन् ।

गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।

गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएको सामाचार एजेन्सी एएफपीले बताएको छ। विष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

अधिारीहरुले विष्फोटको बारेमा अनुसन्धान भइरहेको बताएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस