पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौँ । पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले जानकारी दिए ।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । इमरान खानले नयाँ नक्सा जारी गर्दै पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्ने बताए । उनले यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्ने बताए ।

इतिहासमा पहिलो पटक पाकिस्तानले यो नक्सा जारी गरेको पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरैसीले बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले अगस्ट ५ मा गत वर्ष भारतले धारा ३ सय ७० खारेज गरे पछि देखिएको समस्याको समाधान राष्ट्रसङ्घीय मध्यस्थतामा हुनु पर्ने र सैन्य हैन राजनीतिक तरीकाले मात्रै समाधान निस्कने पनि बताए । उनले सबै पार्टी र जनताको समर्थनमा नयाँ नक्सा ऐतिहासिक रूपले जारी भएको बताएका छन् ।

अब विदेशमा, स्कुल, कलेज, सबै तिर लागू हुने खानले बताए । विदेशमन्त्री मोहम्मद कुरैसीले सबै जनतालाई बधाई दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस