चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित


१९ श्रावण २०७७, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थल मार्ग सञ्चालन नभएकाले स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

अवस्थामा सुधार आउनासाथ परीक्षा तालिका प्रकाशित गरिने भन्दै कार्यालयले विद्यार्थीलाई तयारी अवस्थामा नै रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस