लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त


१९ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएसँगै रिक्त रहेको उक्त पदका लागि सरकारले खुल्ला प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अघि बढाएको थियो । अन्तिम छनौटमा परेका सुशील भट्ट, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला र लक्ष्मी विलास कोइराला अन्तर्वार्ता चरणमा पुगेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो।   जसमध्ये भट्टलाई नै नियुक्त गर्ने यसअघि नै पक्कापक्की जस्तै थियो ।

प्रधानमन्‍त्री अध्यक्ष रहने बोर्डमा विभिन्‍न विभागीय मन्‍त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवलगायत सदस्य रहने ब्यबस्था रहेको छ ।

लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक-निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी बोर्डलाई तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस