माछापुच्छ्रे बैङ्क र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माछापुच्छ्रे बैङ्क र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता


१९ श्रावण २०७७, सोमबार


काठमाडौँ । बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धमा माछापुच्छ्रे बैङ्क र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि बिच सम्बन्धी सम्झौता भएको छ ।

बैङ्कको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले सिद्धार्थ बिजिनेश ग्रुप अन्तर्गतका होटेल, रेस्टुरेन्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंककोे डेबिट क्रेडिट कार्ड तथा बैङ्कबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बैङ्कले एक सय ५९ वटा शाखाहरू, एक सय ३४ शाखारहित बैङ्किङ सेवा र ५ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा दुई सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १एक सय ९८ वटा एटिएमहरू तथा १ हजार भन्दा बढी पिओएसमार्फत् ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस